दुहँुगाउँपालिकामा निर्माणाधिन बहुउद्देश्यीय झोलुङ्गेपुलको ५० प्रतिशत काम सम्पन्न

४ बर्ष अघि

२0७७ श्रावण ११ आईतवार

दुहँुगाउँपालिकामा निर्माणाधिन बहुउद्देश्यीय झोलुङ्गेपुलको ५० प्रतिशत काम सम्पन्न

दृष्टिकोण समाचार साउन ११ दार्चुला । दार्चुला जिल्लाको दुहूँ गाउँपालिकामा गत आर्थिक बर्षबाट निर्माण गरिन लागेको थल सिलिङचौरा बहुउद्देश्यीय झोलुङ्गे पुल निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको छ । दुँुहूँ गाउँपालिका वडा नम्बर ५ र २ लाई जोड्ने ३ सय ७० मिटर लामो झोलुङ्गे पुल निर्माणको काम मध्ये हिकिला क्षेत्र तर्फ फाउन्डेसनको काम सम्पन्न भइसकेको छ भने धारी तर्फको फाउन्डेसनको काम सम्पन्न हुने क्रममा रहेको दुँहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । पुलनिर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान संगम जेभीले पुलको पट्टाहरु साईडमा पुगाई सकेको छ भने पुलका लट्ठा जिल्ला जिल्ल सदरमुकाम खलंगामा रहेका छन् । ३ सय ७० मिटर लामो तथा १ सय ९० मिटर उचाईमा रहेको उक्त पुलको कुल लगानी २ करोड १७ लाख रुपैँया रहेको छ । पुल निर्माणमा ट्राइल ब्रीज युनिट काठमाण्डौं, हेल्बीटास नेपाल तथा समाज कल्याण समाजले प्राविधिक सहयोग गरिरहेको छ । पुल निर्माण सम्पन्न पछि साहसीक पर्यटनका रुपमा रहेको बञ्जी जम्पको सम्भावना सहित सुदुरपश्चिम प्रदेश सरकारको बन वातावरण तथा पर्यटन मन्त्रालयले योजनाको विस्तृत प्रतिवेदन डिपीआर समेत तयार पारेको छ । दार्चुला जिल्लाबाट गाडीमा एकघण्टाको दुरीमा रहेको उक्त क्षेत्रमा पुल निर्माण भई बञ्जी जम्प सञ्चालनमा आएपछि समग्र दार्चुलाको पर्यटन क्षेत्र तथा दुहँु गाउँपालिकाको पर्यटनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।