शिक्षा क्षेत्रमा परेको प्रभाव र भावि रणनीतिको बारेमा नौगाड गाउँपालिद्वारा २६ बुँदे रणनैतिक कार्ययोजना तयार

४ बर्ष अघि

२0७७ श्रावण ११ आईतवार

शिक्षा क्षेत्रमा परेको प्रभाव र भावि रणनीतिको बारेमा नौगाड गाउँपालिद्वारा २६ बुँदे रणनैतिक कार्ययोजना तयार

दृष्टिकोण समाचार साउन ११ दार्चुला । दार्चुला जिल्लाका नौगाड गाँउपालिकाले सरोकारवाला निकायका पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कारोनाबाट सिर्जित शैक्षिक क्षती र भाबी रणनीतिका बारेमा जानकारी आदानप्रदान गर्न नौगाड गाँउपालिकाले शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेको छ । गाँउपालिका अध्यक्ष प्रेमसिह धामीको अध्यक्षतामा गाँउपालिका क्षेत्रभित्र रहेका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितका अध्यक्ष लगायत सरोकावालाहरुसँंग छलफल गरिएको हो । कोरोना भाईरस नियन्त्रण, गाँउपालिकाको शिक्षा नीति शैशिक्ष गुणस्तर सुधारका लागि भावि रणनीति निर्माणका बारेमा छलफल गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनु भयो । शैक्षिक र समृद्ध गाँउपालिका निर्माणमा नौगाड गाँउपालिकाले शैक्षिक गुणस्तर सुधार, विद्यालयहरुलाई सुचना प्रविधि मैत्री रणनितिक प्रतिवद्धता २०७७ जारी गरि २६ बुदे शैक्षिक रणनितिक कार्ययोजना समेत जारी गरीएको नौगाड गाँउपालिकाका विनि लोकेन्द्र सिह धामीले जानकारी दिनुभयो बताउनु भयो ।