बडालीगाउँमा पहिरो जाँदा एक बालक बेपत्ता, खोजी कार्य जारी

४ बर्ष अघि

२0७७ श्रावण १0 शनिबार

बडालीगाउँमा पहिरो जाँदा एक बालक बेपत्ता, खोजी कार्य जारी

दृष्टिकोण समाचार साउन १० दार्चुला ।शुक्रबार दिउँसो महाकाली नगरपालिका वडा नम्बर ३ बडालीगाउँमा सुख्खा पहिरो खसेर ६ बर्षका एक बालक बेपत्ता भएका छन् । नौगाड गाउँपालिका वडा नम्बर २ तल्लो सुण्डमुण्डका ६ वर्षीय जेनिस ठगुन्ना शुक्रबार घरबाट सदरमुकाम खलंगा आउने क्रममा पहिरोमा पुरिएका थिए । शुक्रबार पहिरोमा पुरिएका बालकको सुरक्षाकर्मी र स्थानीयले खोजी कार्य जारी राखेका छन् । सडकमाथिबाट खसेको पहिरोमा परि बेपत्ता बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर विष्टले बताउनुभयो । सदरमुकाम खलंगामा विद्यालय खुलेसँगै गाउँबाट आउँदै गरेको अवस्थामा एक्कासी पहिरोमा पुरिएका हुन् । पहिरो निकै ठूलो आएको छ । कुन ठाउँमा बालक फसेको छ भने एकिन भएको छैन्, डिएसपी विष्टले भन्नुभयो । शुक्रबार अवेरसम्म खोजी कार्य गर्दा फेला परेन् । शनिबार पनि बिहानै सुरक्षाकर्मीले पहिरो पन्छ्याएर बालकको खोजी कार्य जारी राखेका छन् ।