अरिङ्गालले टोकेपछि १० बर्षे बालक अस्पताल भर्ना 

६ बर्ष अघि

२0७५ असार २२ शुक्रबार

अरिङ्गालले टोकेपछि १० बर्षे बालक अस्पताल भर्ना 


दृष्टीकोण समाचार, असार २२ दार्चुला । आँप टिप्न रुखमा गएका बेला महाकाली नगरपालिका ७ धाप बस्ने झुसे ओडका छोरा १० बर्षका मिलन ओडलाई अरिङ्गालले टोकेपछि उपचार गर्न अस्पताल भर्ना गरिएको छ । शुक्रबार दिउँसो २ बजेतीर आप टिप्न रुखमा गएका मिलनलाई अरिङ्गालले टोकेपछि रुखबाट खसेर घाईते भएका थिए । घाइते मिलनको जिल्ला अस्पताल दार्चुलामा उपचार हुन नसकेपछि थप उपचारको लागि भारतको पिथौरागढ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।