नेपाली सेनाको हेलिकेप्टरमार्फत पहिरोमा परि घाईते आमा छोरीलाई उपचारको लागि कोहलपुर लगियो 

४ बर्ष अघि

२0७७ श्रावण ६ मंगलवार

 नेपाली सेनाको हेलिकेप्टरमार्फत पहिरोमा परि घाईते आमा छोरीलाई उपचारको लागि कोहलपुर लगियो 

दृष्टिकोण समाचार साउन ६ दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा पहिरोले पुरिएर घाईते भएका आमा छोरीलाई उपचारको लागि कोहलपुर नेपालगञ्ज लगिएको छ । मंगलबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिएर घाईते भएका ३५ वर्षीया लक्ष्मी दमाई र १२ वर्षीया छोरी सोनिया दमाईलाई थप उपचारको लागि कोहलपुर लगिएको हो । नेपाली सेनाको एन ए ०५५ नम्बरको हेलिकप्टरमार्फत उपचारको लागि कोहलपुर लगिएको स्थानीय अनिल खत्रीले जानकारी दिनुभयो । उहाँका छोरा शुवमको अवस्था भने सामान्य रहेको जनाइएको छ ।
घर भित्र रहेका लक्ष्मीका २ जना भाइको भने मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुला, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी, प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्ना, प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा, मानबहादुर धामी लगायतको समन्वयमा घाईतेलाई उपचारको लागि कोहलपुर पठाइएको छ । घाइतेको उपचारको लागि गाउँपालिकाले तत्काललाई ३० हजार रुपैयाँ खर्च उपलब्ध गराइएको वडा अध्यक्ष प्रेम पन्तले बताउनुभयो । यस्तै मृतकलाई किरिया खर्च उपलब्ध गराउने विषयमा निर्णय हुन बाकी रहेको उहाँले जनाउनुभयो ।