३८ औ विपि स्मृति दिवस फलफूल वितरण गरि दार्चुलामा पनि मनायो

४ बर्ष अघि

२0७७ श्रावण ६ मंगलवार

३८ औ विपि स्मृति दिवस फलफूल वितरण गरि दार्चुलामा पनि मनायो

रमेश खत्री साउन ६ दार्चुला । नेपाल विद्यार्थी संघ दार्चुला र तरुण दलले  ३८ औ विपि स्मृति दिवसको अवसमा जिल्ला अस्पताल दार्चुलाका  विरामीहरुलाई फलफूल वितरण गरेको छ । विपि स्मृति दिवसको अवसर परि जिल्ला असपतालमा रहेका २५ जना विरामीहरुलाई  फलफुल वितरणको कार्यक्रम गरेको नेपाल तरुण दल जिल्ला कार्य समिति अध्यक्ष सुरेन्द्र्र बमले जानकारी दिनुभयो ।  मंगलबार ३८ औ विपि स्मृतिको अवसमा फलफुल वितरण गरि विपिलाई सम्झेका छन । फलफुल वितरण कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष सुरेन्द्र बम ,नेपाल विद्यार्थी संघका सचिव हरिप्रसाद जोशी, सदस्य सुरज जोशी लगायतका व्यतिहरुको सहभागिता रहेको थियो ।