पस्ती पहिरो अपडेटः दुईजनाको मृत्यु तीन घाईते(फोटो फिचर)

४ बर्ष अघि

२0७७ श्रावण ६ मंगलवार

पस्ती पहिरो अपडेटः दुईजनाको मृत्यु तीन घाईते(फोटो फिचर)

दृष्टिकोण समाचार साउन ६ दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर पस्तीमा पहिरो जाँदा दिदिलाई सहयोग गर्न आएका दाजुभाईको पहिरोमा पुरिएर मृत्यु भएको छ । लेकम गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष २४ का अर्जुन दमाई र उनका सहोदर भाई बर्ष २२ का मिलन दमाईको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरी चौकी शंकरपुर पस्तीका इन्चार्ज भिम भट्टले जानकारी दिनुभयो । त्यस्तै शंकरपुर गाउँपालिका वडा नम्बर ८ घर भएकी बर्ष ३५ कि लक्ष्मी परियार, उनकी छोरी बर्ष १४ कि सोनीया परियार र छोरा बर्ष १० का सुमन परियार घाईते भएका छन् । आज विहान ३÷४ बजे तिर मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ को कार्यालय नजिकै बाट बर्षासँगै पहिरो आएपछि वडा कार्यालयको सौचालय तथा सल्लाको रुखसहित लक्ष्मीको घरमा खसेको थियो ।
विहानैबाट शंकरपुर प्रहरीचौकी पस्तीबाट आएका सुरक्षाकर्मी तथा स्थानीयहरुले पीडित परिवारको उद्धार गरेका छन् । घाईतेहरुको थप उपचारका लागि हेलिकप्टरमार्फत जिल्ला बाहिर पठाउन पहल भईरहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो । पीडित लक्ष्मी परियारले शंकरपुर बजारमा सिलाईको काम गर्दै आएका थिए । सिजनमा कपडा सिलाउनेहरुको भिड बढेकाले आफुलाई सहयोग गर्न माईतीबाट भाईहरुलाई पनि लक्ष्मीले पस्तीमै बोलाएकी थिइन । 

फाेटाे: दिपेश धामी पस्ती सामाजिक सञ्जालबाट ।