पहिरोमा पुरिएका दुई जनाको उद्धार ः दुइ जना बेपत्ता 

४ बर्ष अघि

२0७७ श्रावण ६ मंगलवार

पहिरोमा पुरिएका दुई जनाको उद्धार ः दुइ जना बेपत्ता 

दृष्टिकोण समाचार साउन ६ दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर पस्तीमा घर माथिबाट पहिरो खस्दा पुरिएका २ जनाको उद्धार गरिएको छ । २ जना बेपत्ता रहेका छन । एक जना घर भित्र सुरच्छित रहेको र उद्धार कार्य भइरहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिनुभयो । मंगलबार विहान ३ बजेतिर माथिबाट आएको पहिरो खस्दा घर आशिंक पुरीएको छ । उद्धारकर्ताहरुले ३५ वर्षीया लक्ष्मी ढोली उनका ९ वर्षीया छोरा शुबभ परियारको जिवितै उद्धार गरेका छन । परियारलाइ सामान्य चोटपटक लागेको प्रहरी चौकी शंकरपुरले जनाएको छ । घटनामा ढोलीकी छोरी सोनिया घर भित्र अड्कीएको र उद्धारकार्य भइरहेको बताएको छ । अरु २ जना अरुण दर्जी र मिलन दर्जीको अवस्था सामान्य रहेको अध्यक्ष धामीले भनाइ छ । उद्धारको कार्य भइरहकोले क्षतीको बारे बिवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।