दार्चुला जिल्लाको बाढी पहिरो अपडेट ः सबभन्दा बढी क्षेती नौगाडमा

४ बर्ष अघि

२0७७ श्रावण ५ सोमबार

दार्चुला जिल्लाको बाढी पहिरो अपडेट ः सबभन्दा बढी क्षेती नौगाडमा

रमेश खत्री, साउन ५ दार्चुला । आईतबार राती देखि परेको अविरल बर्षाका कारण बाढी पहिरोले दार्चुला जिल्लाको विभिन्न ठाउँमा जनधनको क्षती गरेको छ । नौगाड गाउँपालिकामा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा नौगाड गाउँपालिका वडा नम्बर ६ परिगाउँ बस्ने ४२ वर्षीया मानमति ठगुन्ना र ७ वर्षिया आरती ठगुन्ना रहेको छन् । त्यस्तै मोहनसिह ठगुन्ना गम्भीर घाईते भएका छन् । नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीका अनुसार पहिरोले परिगाउँका ७ वटा घर पुर्णरुपमा क्षति भएका छन भने ३ वटा घर उच्च जोखिममा रहेका छन् । परिगाउँ आधारभुत विद्यालय परिगाउँको १२ कोठे भवन पुर्णरुपमा क्षेति भएको छ । सयौँ गाईबस्तु भेडाबाख्रा, पहिरोमा पुरीएका छन् । त्यस्तै परिगाउँ जलविद्युत योजना, २० वटा पानीघट्ट, २२ वटा आरसिसि पुल, वडा नम्बर २ मा निर्माण गरिएको ६ सय मिटर घोरेटोबाटो पुर्णरुपमा क्षेति भएको छ । त्यस्तै ३ वटा पसल उच्च जोखिममा रहेका छन् भने वडा नम्बर ३ खारमा रहेको स्वास्थ्य चौकीको भवन पनि उच्च जोखिममा रहेको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो । बाढीपहिरो गएको क्षेत्रमा प्रहरी स्थानीय र गाउँपालिकाबाट कर्मचारी परिचालन गरी उद्धार तथा क्षतीको विवरण संकलनको काम गरिएको अध्यक्ष धामीले बताउनुभयो । त्यस्तै महाकाली नगरपालिका वडा नम्बर १,३,४ र ५ मा पनि १० घर उच्च जोखिममा रहेका छन् । धैलीगाड खोलामा आएको बाढीले महाकाली लोकमार्ग अवरुद्ध हुनुका साथै निर्माणधीन पुलको पिलर च्यापिएको छ भने नदीले जमिन कटान गरिरेको छ । महाकाली नगरपालिका वडा नम्बर १ लास्कु खोलामा आएको बाढीले खार खलंगा सडक अन्र्तगत डुङरीमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर विष्टले जानकारी दिनुभयो ।