लास्कु खोलाको बितण्डा, डुङरी क्षेत्रमा क्षती

४ बर्ष अघि

२0७७ श्रावण ५ सोमबार

लास्कु खोलाको बितण्डा, डुङरी क्षेत्रमा क्षती

दृष्टिकोण समाचार, साउन ५ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ३ मा रहेको दार्चुला जिल्लाको धार्मिक तथा पर्यटन क्षेत्र रहेको डुङरीमा लास्कु खोलामा आएको बाढीले क्षती गरेको छ । डुङरीमा रहेको विद्युत्त पावरहाउस, त्यसक्षेत्रका तिनचार घर तथा सडकमा रोकेको जिपमा समेत खोलाले क्षेती गरेको छ । खार खलंगा दल्लेख सडक पनि अबरुद्ध भएको छ । क्षतीको थप विवरण आउन बाँकी छ ।