विद्यार्थीको पढाईमा सहजीकरण गर्दै देवथलीका युवा

४ बर्ष अघि

२0७७ श्रावण ५ सोमबार

विद्यार्थीको पढाईमा सहजीकरण गर्दै देवथलीका युवा

रमेश खत्री साउन ५ दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर ७ देवथलीका एक युवाले विद्यार्थीको पढाईमा सहजीकरण गरेका छन् । लकडाउनको बेला विद्यार्थीहरुको पढाई प्रभावित भईरहेका बेला देवथलीका युवा शंकर जोशीले हुनैनाथ मावि देवथलीमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाउन लागेको स्थानीय युवा शंकर जोशीले जानकारी दिनुभयो ।  कञ्चनपुरबाट विएससी अध्ययनमा रहेका ति युवाले गाउँमा रहेका विद्यार्थीहरुलाई सामाजिक दुरी कायम गर्दै पढाईमा सहजिकरण गरेका हुन् । विद्यालयको अनुमतीमा ति युवाले गाउँघरमै विद्यार्थीहरुको पढाई सहजीकरण गरेपछि विद्यार्थी पनि खुसी भएका छन् ।