धौलीगाड खोलाको बाढीले सडक अबरुद्ध

४ बर्ष अघि

२0७७ श्रावण ५ सोमबार

धौलीगाड खोलाको बाढीले सडक अबरुद्ध

दृष्टिकोण समाचार, ५ साउन दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर पाँचमा रहेको धौलीगाड खोलामा आएको बाढीले महाकाली लोकमार्ग अबरुद्ध भएको छ । आईतबार राती परेको अविरल बर्षाका कारण खोलामा बाढी आएपछि सडकको कलभर्ट बगाउनुका साथै पहिरो गएको छ ।  बाढी पहिरोले अबरुद्ध सडक खुलाउने प्रयास भईरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो । गएराती परेको अविरल बर्षाका कारण दार्चुला जिल्लाका विभिन्न स्थानीय तहहरुमा बाढी पहिरोले क्षती गरेको समाचार आएका छन् । अझै सबै क्षेत्रको एकीन जानकारी आउन बाँकी छ ।