डिभिजन बन कार्यालय दार्चुलाद्वारा एक लाख विरुवा वितरण

४ बर्ष अघि

२0७७ श्रावण ४ आईतवार

डिभिजन बन कार्यालय दार्चुलाद्वारा एक लाख विरुवा वितरण

राम सिह धामी साउन ४ दार्चुला । डिभिजन बन कार्यालय दार्चुलाले यो आर्थिक बर्षमा १ लाख बोटविरुवा वितरण गरेका छन । आईतबार जिल्ला सरदमुकाम दार्चुलामा पत्रकार हरु संग गरिएको समिक्षामा उक्त कुरा सार्वजनीक गरेका हुन । डिभिन बन कार्यालय दार्चुलाले जिल्लाको ३ ठाँउमा नर्सरी निर्माण गरि उत्पादन भएका तेजपात, रिठा, अमला, बाँस लगायतका एकलाख बराबरका विरुवा वितरण गरिएको डिभिजन बन कार्यालय दार्चुलाले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । बर्ष ०७६÷७७ मा उद्योग पर्यटन तथा वतावरण मन्त्रालयबाट डिभिजन बन कार्यालय दार्चुलाले कुल ४ करोड ७३ लाख ७२हजार ससर्त अनुदान प्राप्त गरेकोमा ३ करोड ५७लाख ७३ हजार रकम खर्च गरिएको डिभिजन बन अधिकृत गोकुल रिजालले बताउनु भयो । देश लकडाउनका बेला पनि डिभिजन बन कार्यालय दार्चुलालाई प्रतक्ष तथा अप्रतक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामि दिनमा पनि सबैको साँथ सहयोगको आश्वयम्ता रहेको बन अधिकृत रिजालले आग्रह गरेका छन । दार्चुला जिल्ला भरि डिभिजन बन क्षेत्रमा गरिएका गतिविधिहरुको समिक्ष गर्दौ अहिले सम्म गरिएको कार्यक्रम सकारात्म रहेको पनि बताएका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष शंकर सिह धामी लगायत जिल्लामा कृयासिल सम्पुर्ण पत्रकारहरुको सहभागिता रहेको थियो । डिभिजन बन कार्यालयले दार्चुला जिल्लाको गोकुलेश्वर, जौलजिवि र जिल्ला सदरमुकामबाट बोटविरुवा वितरण तथा सेवा प्रबाह गरिरहेको छ ।