ट्रिपर दुर्घटनामा १५ जनाको मृत्यु

६ बर्ष अघि

२0७५ असार २२ शुक्रबार

ट्रिपर दुर्घटनामा १५ जनाको मृत्यु

दृष्टीकाेणा समाचार , मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । बा २ क २२१९ नम्बरको ट्रिपर मुस्ताङको लोज्याकर दामोदरकुण्ड गाउँपालिकाको स्याङबोचे भन्ने स्थानमा दुर्घटनामा परेको थियो । सडक निर्माणको काममा खटिएका मजदुर बोकेर गइरहेको ट्रिपर सडकबाट करिब ४० मिटर तल खसेको जानकारीमा आएको नेपाल प्रहरीका प्रवक्ता शैलेस थापा क्षेत्रीले सीआईएनसँग बताउनुभयो ।

मुस्ताङ प्रहरीले सीआईएनलाई दिएको जानकारी अनुसार मृत्यु भएकामा १० जना पुरुष र पाँच जना महिला छन् । घाइतेहरूको उद्धारका लागि हेलिकप्टर परिचाल गरिएको जनाइएको छ । दुर्घटनास्थल मुस्ताङ सदरमुकामबाट करिब ६ घण्टाको दुरीमा रहेको जनाइएको छ ।  दुर्घटना बारेको थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।