कोरोना नियन्त्रणमा महाकाली नगरपालिकाको १ करोड बढि खर्च

४ बर्ष अघि

२0७७ असार २८ आईतवार

कोरोना नियन्त्रणमा महाकाली नगरपालिकाको १ करोड बढि खर्च

दृष्टिकोण समाचार असार २८ दार्चुला । कोरोना भाईरस कोभिड—१९ रोकथाम तथा नियन्त्रणमा महाकाली नगरपालिकाले १ करोड २२ लाख ४७ हजार ९ रुपैया खर्च गरेको छ । नगरपालिकाले कोरोना भाइरस नियन्त्रण गर्न क्वारेन्टिन स्थापन व्यवस्थापन स्वास्थ्य समाग्री खरीद स्वास्थ्यकर्मी व्यवस्थापन तथा परीचालन राहत वितरण तथा नागरिक उद्धारमा असार सम्म सो रकम खर्च भएकको महाकाली नगरपालिका प्रवक्ता पुष्कर राज जोशीले जानकारी दिनुभयो । नगरपालिकका प्रवक्ता पुष्कर राज जोशीका अनुसार लकडाउन भएको चैत्र १ज्ञ गते देखि जेठ असार महिना सम्म राहत वितरणमा ६७ लाख ४१ हजार ५ सय ९३ रुपैया, स्वास्थ्य समाग्री खरीद तथा स्वास्थ्यकर्मी व्यवस्थापनमा ७ लाख ५५ हजार ७ सय ४५ रुपैया खर्च भएको छ । यस्तै क्वारेन्टाइनमा बसेकाहरुको खाना बस्ने ओछायउने तथा घर सम्म पुयाउन २२ लाख ९९ हजार ८ सय ८१ रुपैया नगरपालिकाका बसोबास गर्ने बाहिरी जिल्ला धनगडी तथा काठमाडौबाट उद्धार गर्नमा ६ लाख ८८ हजार ७ सय विपत व्यास्थापन तर्फको खाजा भत्ता ७ लाख ५२ हजार ५ सय र स्वस्थ्यतर्फको खाजा भत्तामा १० ला ८ हजार ५ सय ९० रुपैया खर्च भएको महाकाली नगरपालिका प्रवक्ता जोशीले बताउनु भयो । महाकाली नगरपालिकामा चैत्र १४ गते देखी अहिले सम्म ५२५ जना क्वारेन्टिनमा बसेका छन । कोरोना परिक्षणका लागि गरिएको पिसिआर जाचँ २५४ जनाको गरिएको छ भने २ जनाको पोजेटिभ आएको छ । यस्तै ६ सय ३९ जानको आरडिटी गरिएकोमा १५  जानको पोजेटिभ देखिएको छ । हाल २६ जना क्वारेन्टाइनमा बसेका छन भने आइसोलेशनमा ८ जना रहेका छन ।