चितुवाको आक्रमणबाट बैतडीमा एकजना घाइते 

४ बर्ष अघि

२0७७ असार २५ बिहीबार

चितुवाको आक्रमणबाट बैतडीमा एकजना घाइते 

डीआर भट्ट असार २५ बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन । जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ९ तल्लादेहिको पुजरीगाउँका ४२ वर्षिय करबिर पुजारा घाइते भएका हुन । वडाकार्यालयमा मालपोत र घर कर बुझाएर घर फर्किरहेका पुजारलाई तल्लादेहिकै चमडिया भन्ने ठाउँमा बिहीवार साँझ ५ बजे चितुवाले आक्रमण गरेर घाइते पारेको घटनालाई उद्त गर्दै स्थानिय  हरिश सावदले जानकारिदिनुभएको छ । चितुवाले आमक्रण गरि पुजाराको दायाँ खुट्टाको घुँडामा घाउ बनाएको र बायाँ हातको औँला चपाएको उहाँले बताएका छन । चितुवाको आक्रमण बाट घाइते पुजारलाई उपचारका लागि डडेल्धुरा पठाउने तयारि भएको वडा नं ९ का वडा अध्यक्ष रम्बा बोहराले जनाकारिदिनुभएको छ