२१ हातेटेक्टर लगायतका कृषि सामग्री निःशुल्क वितरण 

४ बर्ष अघि

२0७७ असार २५ बिहीबार

२१ हातेटेक्टर लगायतका कृषि सामग्री निःशुल्क वितरण 

दृष्टिकोण समाचार असार २५ दार्चुला । शैल्यशिखर नगरपालिकाले नगरपालिका भरीका विभिन्न कृषक समूहलाई विभिन्न कृषि सामग्रीहरु निःशुल्क वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत नगरपालिकाको कृषि विकास शाखाले नगरपालिका भरीका कृषक समूहलाई कृषि सामग्री हस्तान्तरण गरेको हो । हातेक्टेक्टर, पोलीहाउस, किटनाशक औसधी छर्कीने स्प्रे पम्प थोपा सिँचाई, दाँते, सिकेचर, हजारी लगायतका कृषि सामग्री निःशुल्क वितरण गरिएको नगरप्रमुख अमर सिंह धामीले बताउनु भयो । कृषि क्षेत्रमा उत्पादन बढाउने तथा कृषकहरुलाई कृषि क्षेत्रतर्फ आकर्षित गर्ने उद्देश्यले कृषक समूहलाई कृषि सामग्री वितरण गरिएको हो । विभिन्न कृषक समूहलाई २१ ओटा हाते टेक्टर, २ सय ६३ पोलिहाउस वितरण गरिएको नगरप्रमुख धामीले जानकारी दिनुभयो । कृषक समूहबाट ५२ ओटा हाते टेक्टरको माग भएकोमा २१ ओटा हाते टेक्टर वितरण गरिएको छ भने ५ सय ७५ ओटा पोलिहाउसको माग भएकोमा २ सय ६३ ओटा पोलिहाउस वितरण गरिएको छ ।  पछिल्लो सयम मकैमा किरा लाग्ने समस्याले कृषकहरुलाई सताएकाले किटनाशक औषधी छर्किने स्पे पम्पहरु पनि वितरण गरिएको नगरपालिकाका कम्प्युटर अपरेटर विनोद सिंह धामीले बताउनु भयो । सिकेचरको माग नभएपनि १ सय २९ थान वितरण गरिएको छ भने १ सय ८३ सिँचाई थोपा माग भएकोमा ५९ ओटा वितरण गरिएका कम्प्युटर अपरेटर धामीले बताएका छन् ।