दृष्टिकोण समाचार असार २० दार्चुला । देशकै सातौं धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा आज पूजन जात्रा लागेको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन सुरु हुने जात्रा शनिवार विहानबाट आरम्भ बाट सुरु भएको छ । । मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्ला र भारतको भारतको उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजन आउने गर्छन् । शिखर जात्राका लागि टाढाबाट आउने भक्तजन भने शुक्रवार साँझ नै आइसकेका छन् ।पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुनुका साथै निःसन्तालाई सन्तान सुख समेत हुने जनविश्वास रही आएको छ । हिन्दु धर्माबलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्य शिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरु १५ दिन अगाडि देखि नै शुद्ध भएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने जनविश्वास छ ।