सशस्त्र प्रहरीले राख्यो चार स्थानमा वीओपी 

४ बर्ष अघि

२0७७ असार १८ बिहीबार

सशस्त्र प्रहरीले राख्यो चार स्थानमा वीओपी 

 रमेश खत्री असार १८ दार्चुला । दार्चुला जिल्लाको चार स्थानमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिओपि स्थापना गरेको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ३ लालि,मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजीवि,व्याँस गाउँपालिकाको वडा नम्बर २ दुम्लिङ र व्यासँगाउपालिकाको वडा नम्बर १ छागरुमा विआपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिनुभयो । सीमा क्षेत्रमा हुने अतिक्रमण,अवैध निकासी लागुऔषध ओसारपसार अपराधिक गतिविधि नियन्त्र गर्ने उद्धेश्यले भारतसँग सीमा जोडिएका चार स्थानमा बीओपी स्थापना गरि स्थानीय नागरिकलाई सुरक्षाको प्रत्याभुति दिईने सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले बताउनु भयो । बिहिबार  जोलजीवि र लालीमा सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले स्वयम उपस्थित भएर पोष्टको उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बुढाथोकीले सशस्त्रले पाएको सीमा सुरक्षा जिम्मेवारी २४ सै घण्टा दिने बताए । त्यसै गरि उद्धघाटन कार्यक्रममा शुभकामना दिदै मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्र सिह धामीले नेपाल सरकारले सीमा रक्षाका साथसाथै सीमामा हुने अपराधि गतिविधि चोरी निकासीलाई कम गर्न  बीओपी स्थापनाका लागि गरिएको निर्णय समाजका लागि सकारात्मक रहेको बताउनु भयो ।