दार्चुलाको नाैगाड गाँउपालिकामा पहिराेले घर पुरिँदा २जनाकाे मृत्यु

४ बर्ष अघि

२0७७ असार १५ सोमबार

दार्चुलाको नाैगाड गाँउपालिकामा पहिराेले घर पुरिँदा २जनाकाे मृत्यु

दृष्टिकोण समाचार दार्चुला असार १५, दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नंं ४ होपरीमा आईतबार राती पहिरो जादा २ जनाको मृत्यु भएको छ । 
 राती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानिय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको नौगाड गाँउपालिका वडा नं. ४का अध्यक्ष नन्दन सिह धामीले जानकारी दिनु भयो । आईतबार जलविद्युतको नहर भत्किदा मृतक चन्द्र सिह महताकी श्रीमती चनमति महता गम्भिर घाइते  भएकी छिन भने घाईतेको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको छ ।  मृतक चन्द्र महता र उनका भाईको घर पूर्ण रुपमा क्षति भएको अध्यक्ष धामीले बताउनु भयो । 
पहिरोमा पुरीएकाहरुको  नेपाल प्रहरी स्थानीय जनप्रर्तिनिधि र स्थानीयहरुको सहयोगमा उद्धार गरिएको थियो भने मृतक दुवैजनाको शव पोष्टमाटमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।