दुम्लिङ,जोलजिवी र लालीमा विओपी राखिदै सशस्त्र प्रहरी

४ बर्ष अघि

२0७७ असार १५ सोमबार

दुम्लिङ,जोलजिवी र लालीमा विओपी राखिदै सशस्त्र प्रहरी

दृष्टिकोण समाचार असार १५दार्चुला ।दार्चुलाको नेपाल–भारत सीमावर्ती क्षेत्रमा असार १८ गते विहिबार तीन वटा स्थानमा बीओपी थपिने भएका छन् । दार्चुला जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सशस्त्र प्रहरीले व्याँस गाउँपालिकाको दुम्लिङ , मालिकार्जुन गाउँपालिकाको जोलजिवि र लेकम गाउँपालिकामा सुरक्षा पोष्ट बीओपी स्थापना गर्ने भएको छ । बीओपी स्थापनाको तयारी पूरा भइसकेको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म हेड क्वाटर दार्चुलाका गुल्म पति डम्बर बहादुर विष्टले जानकारी दिनु भयो ।  गृह मन्त्रालयबाट स्वीकृति प्राप्त भइसकेकोले लाली, जौलजिबि र दुम्लीङमा असार १८ गते बीओपी स्थापना हुने सशस्त्र प्रहरी दार्चुलाका डिएसपी  विष्टले बताउनुभयो । बीओपि उद्घाटनका लागि सुदूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी बलका प्रमुख एवं डिआइजी हरिशंकर बुढाथोकी दार्चुला आउन लाग्नुभएको छ । जोलजिवि र लालीको बीओपि उद्घाटनमा डिआइजी बुढाथोकी सहभागी हुने र दुम्लिङको बीओपि भिडियो सम्पर्कबाट उद्घाटन गर्ने तयारी छ । भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र नजिकको व्यासको छाङरुमा गत वैशाख ३१ गते बीओपि स्थापना गरिएको थियो । छिट्टै अतिक्रमित भूमि नजिकको कौवाक्षेत्र र चीन सीमानजिकको तिंकरका साथै विभिन्न स्थानमा बीओपि थप्ने तयारी सरकारको छ ।