जिल्ला कारागार दार्चुलाको अनुगमन

६ बर्ष अघि

२0७५ असार २२ शुक्रबार

जिल्ला कारागार दार्चुलाको अनुगमन

दृष्टीकोण समाचार, असार २२ दार्चुला । प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्य तथा जिल्ला प्रहरी प्रमुख डिएसपी नबराज अधिकारीले शुक्रबार जिल्ला कारागार दार्चुलाको आन्तरिक तथा बाह्य सुरक्षाको अनुगमन निरक्षण गर्नु भएको छ । 
जिल्ला कारागारमा रहेका ३० जना कैदिबन्दी र ८ जना पूर्पक्षका लागि थुनुवाहरुको अवस्था, खानेपानीको अवस्था तथा कैदीबन्दीहरुका समस्याहरुको बारेमा जानकारी लिनु भएको छ ।


जिल्ला कारागारमा सुरक्षाको अवस्था सामान्य रहेको र कैदीबन्दीहरुका समस्याहरु सुन्दै जिल्ला कारागारका कर्मचारी र सुरक्षाकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारीले आवस्यक निर्देशन दिनु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।