१७ औं धान दिवस दार्चुलामा पनि मनाइयो

४ बर्ष अघि

२0७७ असार १५ सोमबार

१७ औं धान दिवस दार्चुलामा पनि मनाइयो

दृष्टिकोण समाचार असार १५ दार्चुला । १७ औं राष्ट्रिय धान दिवस  दार्चुलामा पनि मनाइएको छ । जिल्लाका नौ वटै स्थानिय तहका सिचाई हुने क्षेत्रमा आज रोपाई गरी धान दिवस भव्यताका साथ मनाइएको हो । मानो रोपेर मुरी उब्जाउने र वर्षभरिको लागी अन्न फलाउने दिनको रुपमा लिइने आजको दिनमा स्थानिय तह प्रमुख तथा उपप्रमुखहरु स्वयम उपस्थित भएर रोपाई गरी धान दिवस मनाएका हुन् । धान उत्पादनमा बृद्धि, आत्मनिर्भता र समृद्धि भन्ने मुल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०७७ मनाइएको हो । दिवसको अवसरमा जिल्लाको महाकाली नगरपालिका कृषि विकास शाखाको आयोजनामा वडा नम्बर‐३ को गाराकुमा रोपाई महोत्सव मनाइएको छ । रोपाई महोत्सवको महाकाली नगरपालिकाका उपप्रमुख सुना बोहराले धान रोपेर उद्घाटन गर्नु भएको थियो । यस वर्ष कोरोना भाईरसको संक्रमणको डरले विगतको वर्षमा जस्तै धान दिवसको उत्साह भने खासै देखिएको छैन् । जिल्लामा करिव ८० प्रतिशत रोपाई सम्पन्न भैइसकेको छ ।