दार्चुलामा कोरोना संक्रमितको सँख्या १९ पुग्यो 

४ बर्ष अघि

२0७७ असार १३ शनिबार

दार्चुलामा कोरोना संक्रमितको सँख्या १९ पुग्यो 

रमेश खत्री १३ असार दार्चुला । दार्चुलामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिकामा १४ जना, लेकम गाउँपालिकामा दुईजना, महाकाली नगरपालिकामा दुईजना, र दुहुँ गाउँपालिका एकजना गरी जम्मा १९ जानमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनु भयो । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार शुक्रबार सम्म १५ जना अस्पतालबाट डिस्र्चाज भएका छन् भने चारजना आइसोलेसनमा रहेका छन् । तीमध्ये तीनजना गोकुलेश्वर र एकजना जिल्ला अस्पताल दार्चुलाको आइसेलेसनमा रहेका छन् ।  जेठ १७ गते स्वाव संकलन गरिएका व्यक्तिहरुमध्ये चारजनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जानएको छ ।