नौगाड गाँउपालिकाले ल्यायो ४१ करोड ७ लाख बजेट

४ बर्ष अघि

२0७७ असार १0 बुधबार

नौगाड गाँउपालिकाले ल्यायो ४१ करोड ७ लाख बजेट

दृष्टिकोण समाचार १० असार दार्चुला । दार्चुलाको नौगाड गाँउपालिकाले आगामि आर्थिक बर्ष  २०७७÷७८ का लागि ४१ करोड ७ लाख ४० हजार ३ सय ४० बराबरको बजेट ल्याएको छ । बुधाबर नौगाड गाँउपालिकाको सातौँ गाँउसभाबाट उक्त अनुमानित बजेट पारित गरेको नौगाड गाँउपालिका अध्यक्ष प्रेम सिह धामीले बताउनु भयो । चालु आव  २०७७÷७८ मा  नौगाड विद्युत, सडक सञ्जाल, स्वास्थ्य, कृषि लगायतका विषयमा बजेटको पहिलो प्राथमिक्तामा पारेका छन । भने कोरोना भाईसरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि क्षेत्रमा विशेष बजेट बिनियोजना गरिएको छ । भने विदेश तथा भारतबाट घर फर्केकाहरुलाई रोजगारी दिने उदेश्यले युवासरोजगारमा पनि विशेष बजेत परित गरिएको अध्यक्ष धामीले जानकारी दिनु भयो ।