मालिकार्जुन गाँउपालिकाद्धारा ४७ करोड भन्दा  बढि अनुमानित बजेट प्रस्तुत

४ बर्ष अघि

२0७७ असार १0 बुधबार

 मालिकार्जुन गाँउपालिकाद्धारा ४७ करोड भन्दा  बढि अनुमानित बजेट प्रस्तुत

दृष्टिकोण समाचार १० असार दार्चुला । दार्चुला जिल्लाको मालिकार्जुन गाँउपालिकाले ४७ करोड १९ लाख ७ हजार बराबरको अनुमानित बजेट पारित गरेको छ ।  आर्थिक बर्ष २०७७÷७८का लागि अनुमानित बजेट परित गर्दो निति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको हो  । बुधबार मालिकार्जुन गाँउपालिकाको निति तथा कार्यक्रममा आर्थिक बर्ष २०७७÷७८ मा युवा सरोजगार, कृषि , पशुपालन, पर्यटन र शैक्षिक सुधार लगाय पुर्वधार विकासलाई पहिलो प्राथमिकता राखि पाचौँ गाउँसभाको  निति तथा कार्यक्रम पेश गरिएको मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनु भयो । पाँचौँ गाँउसभामा गत आर्थिक बर्षको समिक्षा गर्दो आगामि आर्थिक बर्षमा विपत्ती , महामारी नियन्त्रण तथा राहात वितरणका लागि पनि प्रकोप व्यवस्थापन कोष, शिक्षा नियमावली २०७७ र विद्यालय सुधार कार्यविधि लगायतका निति अवलम्बन गरिएको छ ।