कृषि, शिक्षा, पर्यटन र व्यापारलाई पहिलो प्राथमिकता दिदै महाकाली नगरपालिकाको छैटौँ नगरसभा

४ बर्ष अघि

२0७७ असार १0 बुधबार

कृषि, शिक्षा, पर्यटन र व्यापारलाई पहिलो प्राथमिकता दिदै महाकाली नगरपालिकाको छैटौँ नगरसभा

राम सिह धामी  १० असार दार्चुला । दार्चुला जिल्लामा रहेको महाकाली नगरपालिकाको छैटौँ नगरसभा बुधबार बाट सुरु भएको छ । कृषि, शिक्षा, पर्यटन र व्यापार महाकाली नगरपालिकाको समृद्धिको आधार भन्ने  मुलानारका साँथ छैटौँ नगरसभा उद्घाटन गरीएको हो । महाकाली नगरपालिका दार्चुलाले आर्थिक बर्ष २०७७÷७८ को निति तथा कार्यक्रमको समिक्षा सहित नयाँ आबका लागि बजेटपनि विनियोजना गरिएको छ । महाकाली नगरपालिकाले युवा सरोजगार अन्तगत आर्थिक बर्ष २०७७÷०७८ मा नगर सरोजगार कार्यक्रम अन्र्तगत ५ सय युवाहरुलाई रोजगार दिने र कृषहरुको मनोवल बृदिका लागि कृषक पेन्सन कार्यक्रम पनि लागु गरिने महाकाली नगरपालिकाका नगर प्रमुख हंषराज भट्टले बताउनु भयो । महाकाली नगरपालिकाको समग्र विकास र समृद्धिका लागि आर्थिक बर्ष २०७७÷७८ का लागि महाकाली नगरपालिका दार्चुलाले रु ६३ करोड ३४ लाख ९५ हजार १सय ६ रुपयाँ बजेट विनियोजना गरिएको महाकाली नगरपालिका उप प्रमुख सोना बोहोराले नगर सभा मामार्फत जानकारी दिनु भयो । महाकाली नगरपालिका क्षेत्रमा रहेका धार्मीक क्षेत्रको बिकास , शिक्षा क्षेत्रमा परिर्वतन , खानेपानी बाटो घाँटोको उचित व्यवस्थापनका लागि नयाँ आर्थिक बर्षबाट कार्यान्वयन गर्ने गरि निति तथा बजेट पारित गरेको छ । महाकाली नगरपालिका क्षेत्रमा रहेका धार्मीक क्षेत्रको विकास गर्ने उदेश्यले डुङरी मन्दिरको व्यवस्थापन, सिरबोगड तातोपानीको संरक्षण गरि पर्यटन पर्बद्र्धनमा पनि जोड दिईने भएको छ । आर्थिक बर्षका लागि परित गरिएको निति तथा कार्यक्रबाट कृषि, शिक्षा, पर्यटन र व्यापारलाई पहिलो प्राथमिकता दिदै नगरसभा पेस गरेका छन ।