नेपाल स्वयंसेवक संघ युवा संगठन दार्चुलाको अध्यक्षमा विक्रमसिंह धामी, चयन

४ बर्ष अघि

२0७७ असार १0 बुधबार

नेपाल स्वयंसेवक संघ युवा संगठन दार्चुलाको अध्यक्षमा विक्रमसिंह धामी, चयन

गणेश सिंह धामी, १० असार दार्चुला । नेपाल स्वयंसेवक संघ युवा संगठन दार्चुलाको कार्य समिति चयन भएको छ । सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको साझा संगठनका रुपमा रहेको संस्थामा विक्रमसिंह धामीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । विक्रमसिंह धामी अध्यक्ष रहेको समितिमा उपाध्यक्षमा भावना सिंह, सचिवमा दिपेन्द्रसिंह धामी, सहिसचिवमा कल्पना पन्त, कोषाध्यक्षमा भागरथी धामी, सदस्यहरु माधव भट्ट, मंगल रोकाया, सुरेन्द्र डडाल, सरिता गिरी, जमन डडाल, वीरबहादुर ठगुन्ना रहेका छन् । सामाजिक तथा युवाहरुको नेतृत्वका साथै उनिहरुको व्यक्तित्व विकास र सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्ने नेपाल स्वयंसेवक संघ युवा संगठनले जनाएको छ ।