सञ्चार सुविधामा जोडियो व्याँस क्षेत्र

४ बर्ष अघि

२0७७ असार ८ सोमबार

सञ्चार सुविधामा जोडियो व्याँस क्षेत्र

रमेश खत्री, ८ असार दार्चुला । भारत र चीनको सीमाना जोड्ने व्याँस गाउँपालिकाको वडा नम्बर १ छाङ्रु तिङ्कर लगायतको क्षेत्र  सोमबारदेखि सञ्चार सुविधामा जोडिएको छ ।  नेपाल टेलिकम दार्चुलाबाट असार ३ गते गएको प्राविधिकहरुको टोलीले व्याँसमा रहेको सिडिएमए प्रविधिको टेलीफोन टावर मर्मत गरेसँगै संञ्चार सुविधा सुचारु भएको हो । गत महिनाबाट टेलीफोन टावरमा खराबी आएपछि विग्रेको उक्त टावरमा उपकारण फेरेपछि फोनसेवा सुचारु भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो । मोवाइल सेवा नहुँदा व्याँसक्षेत्रका स्थानीय र सुरक्षाकर्मीलाइ सञ्चार गर्न समस्या भएको थियो ।टावरको सोलार प्रणाली र लिंक रिसिभरमा हिमपातका कारण क्षति भएको थियो ।