महिला हिंसा न्युनिकरण सम्बधी अन्तक्रिया 

६ बर्ष अघि

२0७५ असार २२ शुक्रबार

महिला हिंसा न्युनिकरण सम्बधी अन्तक्रिया 

दृष्टीकोण समाचार, असार २२ दार्चुला । महिला हिंसा न्युनिकरण सम्बधी एकदिने अन्तक्रिया कार्यक्रम जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । जिल्ला अन्तरपार्टी महिला सन्जालकी अध्यक्ष हिरादेवी अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रमका प्रमुख अतिथी खुमकान्त आर्चायले संविधानले महिलाहरुलाई ३३ प्रतिशत अधिकार दिएकोले सबै महिलाहरुलाई एकजुट भएर हिंसा न्युनिकरणमा लाग्न सुझाव दिनुभयो । यसका लागि प्रशासनिक क्षेत्रबाट गर्नु पर्ने सहयोगका लागि आफु सदैब तयार रहेको प्रमुख जिल्ला अधिकारीले बताए । त्यस्तै अझैपनि समाजमा छाउपडी प्रथा, छुवाछुत जस्ता कुप्रथा रहेकोले त्यस्ता गलत प्रथा हटाउन पनि महिलाहरु नै जागरुक हुनु पर्नेमा प्रजिअको जोड छ ।
कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जाड रक्सीले पनि महिला हिंसा निम्त्याएको बताए । हाम्रो समाजमा अझै पनि छोरा र छोरीहरुलाई भेदभाव गर्ने प्रवृति नहटेकाले पनि हिंसा कायमै रहेको डिएसपी अधिकारीको बुझाई छ । प्रत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंङकर सिंह धामीले पहिलेका दिनहरु भन्दा अहिले सासु र बुहारीहरुमा परिवर्तन आएको बताए । महिला हिसां सम्बधी जनचेतना मुलक कार्यक्रमहरु गाउँ टोल सम्म पुगाउनु पर्नेमा धामीले जोड दिए । सबै क्षेत्रमा हुने महिला हिंसा न्युनिकरणका लागि कार्यक्रम गरिएको सञ्जालकी अध्यक्ष हिरादेबी अवस्थीको भनाई छ ।  महिला सञ्जालकी सचिव विस्ना धामीले सञ्चालन गर्नु भएको कार्यक्रममा जिल्लास्थित महिला सञ्जालका पदाधिकारी, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न पार्टीका प्रतिनिधी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।