सीमा निगरानीमा सशस्त्र प्रहरी 

४ बर्ष अघि

२0७७ असार ८ सोमबार

सीमा निगरानीमा सशस्त्र प्रहरी 

दृष्टिकोण समाचार असार ८ दार्चुला । जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरुमा गत वैशाख ३१ गते स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपीबाट सशस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रमा निगरानी बढाएको छ ।बीओपी प्रमुख एबं सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको सुरक्षा टोली सीमा निरीक्षणका क्रममा नेपाल–चीन एक नम्बर सीमा स्तम्भ पुगेको छ । व्याँस क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिसंगै सीमामा हुने चोरी तस्करीका घटनामा उल्लेख्य कमी आउनुका साथै र सीमावासी जनाताले समेत सुरक्षाको अनुभुती गर्न पाएको सुरक्षा अधिकारीहरु बताउछन् ।