गण्डकीमा थपिए ५८ जना कोरोना संक्रमित, कुल संख्या ४३८ पुग्यो 

४ बर्ष अघि

२0७७ असार ६ शनिबार

गण्डकीमा थपिए ५८ जना कोरोना संक्रमित, कुल संख्या ४३८ पुग्यो 

काठमाडौँ असार ६ । गण्डकी प्रदेशमा ५८ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै गण्डकीमा संक्रमतिको संख्या ४३८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।प्रदेशका ७ वटा जिल्लमा संक्रमितहरु थपिएका गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार तनहुँमा २५ जना, नवलपुरमा १६ जना, गोरखामा ५ जना, म्याग्दीमा १ जना, कास्कीमा २ जना, स्याङ्जामा १ जना, बाग्लुङमा ८ जना गरि जम्मा ५० जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरुलाई सम्बधित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको डा.शर्माले जानकारी दिए ।