दार्चुलामा ३५ सयको आरडिटी परीक्षण गर्दा ९७ जनाको आरडिटी पोजेटिभ 

४ बर्ष अघि

२0७७ असार ६ शनिबार

दार्चुलामा ३५ सयको आरडिटी परीक्षण गर्दा ९७ जनाको आरडिटी पोजेटिभ 

दृष्टिकोण समाचार आसर ६ दार्चुला ।  दार्चुलामा हालसम्म ३ हजार ४ सय ९० जनाको आरडिटी परीक्षण गरिएकोमा ९७ जनाको रिर्पाेट पोजेटिभ आएको छ । शुक्रबार लेकम गाउँपालिका वडा नम्बर ४ मा एक जनाको आरडिटी पोजेटिभ देखिएपछि आरडिटी देखिनेको संख्या ९७ पुगेको हो । गत साता झण्डै साढे १६ सय जनाको क्वारेन्टाइनमा बसेकोमा शनिबारसम्म ८५१ जना मात्रै क्वारेन्टाइमा रहेका छन । बाकी सबैलाई १४ दिन पुरा भएपछि होम क्वारेन्टाइनमा बस्न सुझाव दिएर घर पठाइको जिल्ला अस्पताल दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टले जानकारी दिए । दार्चुलामा हालसम्म १२ जना कोरोना संक्रमित भेटिएकोमा सबैलाइ डिस्चार्ज गरिएको छ । पछिल्लो हप्ता दार्चुलाका कसैको पनि पीसीआर विधिबाट परीक्षण भएको छैन । मंगलबार दार्चुलाका दुहु गाउँपालिका बाहेका ८ बटा स्थानीय तहमा २२८ जनाको थ्रोट स्वबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि धनगडि पठाइएको भएपनि हालसम्म परीक्षण भएको छैन । आरडिटी पोजेटिभ देखिएका र कोरोना संक्रमितको प्रतक्ष्य संम्पर्कमा रहेका दुई सय २८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि थ्रोट स्वाबको नमुना संकलन गरी धनगडी पठाइएको र भोली पसी सम्म रिर्पोट आउने जिल्ला अस्पाताल दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जनाकारी दिनुभयो ।