नेपालमा थप ४२६ जना कोरोना संक्रमित पुष्टि,संक्रमितको संख्या ८ हजार २७४ पुग्यो 

४ बर्ष अघि

२0७७ असार ५ शुक्रबार

नेपालमा थप ४२६ जना कोरोना संक्रमित पुष्टि,संक्रमितको संख्या ८ हजार २७४ पुग्यो 

काठमाडौँ असार ५ । नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणको संख्या ८ हजार २७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित  पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका मध्ये जना ३३८ पुरुष र ८८ जना महिला छन् ।