दार्चुलामा छिट्टै सशस्त्रको गण स्थापना गरिने ।

४ बर्ष अघि

२0७७ असार ३ बुधबार

दार्चुलामा छिट्टै सशस्त्रको गण स्थापना गरिने ।

कृष्ण धामी असार ३ दार्चुला । सशस्त्र प्रहरी बल नेपालका प्रमुख सैलेन्द्र खनालले दार्चुला जिल्लामा छिट्टै सशस्त्र प्रहरीको गण स्थापना गरिने बताउनु भएको छ । बुधबार दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नेपालको विओपी अनुगमनमा दार्चुला पुगेका खनालले यस्तो बताउनु भएको हो । नेपाली सेनाका प्रधान सेनापती पुर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानीरिक्षक सैलेन्द्र खनालले बुधबार विहान हेलीकोप्टरबाट व्याँस क्षेत्रको अनुगमन भ्रमण गर्नु भएको हो । व्याँसबाट फर्के लगत्तै दार्चुला जिल्लामा रहेको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । दार्चुला जिल्लाको पहिलो भ्रमणको रुपमा दार्चुला पुगेका खनालले व्याँस नेपालको सीमा क्षेत्रको रक्षा गर्नका लागि सशस्त्र प्रहरी जस्तोसुकै दुखकष्ट सहेर पनि अहोरात्र खटिरहेको भन्दै गुल्म परिवारलाई धन्यवाद समेत दिनुभएको छ ।