नेपालमा थप ४५१ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो ।

४ बर्ष अघि

२0७७ असार १ सोमबार

नेपालमा थप ४५१ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ६ हजार २ सय ११ पुग्यो ।

काठमाडौँ असार १ । नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् । उनका अनुसार थपिएका संक्रमित मध्ये ४१६ जना पुरुष र ३५ जना महिला हुन् ।