१५० लिटर घरेलु मदिरा बरामद । 

४ बर्ष अघि

२0७७ जेष्ठ ३२ आईतवार

१५० लिटर घरेलु मदिरा बरामद । 

 दृष्टिकोण समाचार जेष्ठ ३२ दार्चुला । जिल्ला प्रहरी कार्याल दार्चुलाले  जिल्लाका विभिन्न स्थानबाट संकलित अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । विभिन्न समयमा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको अबैध १५० लिटर घरेलु मदिरा आइतवार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । बन्दाबन्दीको समयमा व्यापारीहरुले लुकीछिपी अबैध मदिरा विक्रिवितरण गरिरहेको मौकाछोपी बरामद गरिएको उहाको भनाइ छ । यस्तै प्रहरीले अबैध रुपमा रहेको ४२ पेटी मदिरा समेत बरामद गरेको छ । प्रहरी निरीक्षक जोशीका अनुसार वियर ११ बोतल, भर्जिन नामक मदिरा २२ बोतल, ३७ पेटी महाकाली, प्राइम फिटो १ पेटी र डेलिसियस १ पेटी गरी जम्मा ४२ पेटी मदिरा बरामद गरि आइतवार कोष तथा लेखा नियन्त्रक कार्यालय दार्चुलालाई बुझाएको बताए । बरामद गरिएको घरेलु मदिरा स्थानीय जनप्रतिनिधि, पत्रकारको रहोवरमा जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको हो ।