दार्चुलाका सरकारी तथा निजी सबै कार्यालय सोमबारदेखि खुल्ने । (हेर्नुहोस सुचना सहित) 

४ बर्ष अघि

२0७७ जेष्ठ ३२ आईतवार

दार्चुलाका सरकारी तथा निजी सबै कार्यालय  सोमबारदेखि खुल्ने । (हेर्नुहोस सुचना सहित) 

दृष्टिकोण समाचार जेष्ठ ३२ दार्चुला । जिल्ला प्रशाससन कार्यालय दार्चुलाले सोमवारदेखि जिल्लाका सबै कार्यालय खोल्न निर्देशन दिएको छ । आईतवार एक सूचना जारी गर्दै प्रशासनले सामाजिक दुरी बनाएर सेवा दिन भनेको छ । जिल्लामा रहेका सबै सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, बैंक तथा बित्तीय संस्था तथा गैरसरकारी र निजी संस्थलाई बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट तथा १ देखि ६ बजेसम्म दोस्रो सिफ्टमा सेवा प्रवाह सुचारु गर्न भनिएको छ । दुई मिटरको सामाजिक दूरी कायम गरी मास्क र सेनिटाईजरको प्रयोग गर्दै जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालन गर्न पनि निर्देशन दिइएको छ ।  जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा सोमबारदेखि स्वास्थ्य संग सम्बन्धित सबै, सबै प्रकारका कृषि र पशुपंक्षी व्यवसाय, उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर, सबै प्रकारका ढुवानी, पैदल आवागमन, जिल्लाभित्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने मोटरसाईकलहरु चलाउन पाइने भएको छ । तर मोटरसाईकलमा चालकमात्रै बस्न पाउने भएको छ । यस्तै नीजि सवारी साधनमा चालबाहेक थप २ जनामात्रै सवारी राख्ने पाइने सूचनामा उल्लेख गरिएको छ ।यस्तै विकास आयोजना, निर्माण कार्य, नदी तथा खानी जन्य पदार्थ उत्खनन्, संकलन ढुवानी तथा विक्री वितरण, रेष्टुरेन्टबाट हुने प्याकिंग सेवा सञ्चालन हुने छ  । अन्तरजिल्ला आवागमन गर्नुपरेमा जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य गरिएको छ । व्यवासयीले नियमित औषधीजन्य सामग्रीको नियमित आपूर्ति गर्नुपर्ने, अभाव देखाई मूल्य बृद्धि गर्ने वा कालोबजारी जम्माखोरी, गर्ने वा लुकाउने, आपूर्तिमा अवरोध गर्ने पाइएमा कार्वाहि हुने जनाएको छ ।  यसैगरी सार्वजनिक तथा जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरि नीजि सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी, ओसार पसार गर्न प्रयोग गरिने साधनमा सीटको एक लहरमा एक जना मात्रै राख्न पाइने, यात्रुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ ।  योबाहेक शैक्षिक संस्थाहरु, सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सबै प्रकारका प्रदर्शन भेला, तथा सम्मेलन, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, यात्रुबाहेक सार्वजनिक सवारी साधनहरु भने तत्काल सञ्चालन हुने छैनन् । सरकारले अहिलेको यो व्ययवस्थालाई २१ दिनसम्म कायम रहने उल्लेख गरेको छ । हेर्नुहोस सुचना