काठमाडौँ जेष्ठ ३२ । नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका संक्रमित मध्ये ३७५ जना पुरुष र ५० जना महिला छन् ।