गुल्मीमा कोरोना संक्रमितको मृत्यु ।

४ बर्ष अघि

२0७७ जेष्ठ ३२ आईतवार

गुल्मीमा कोरोना संक्रमितको मृत्यु ।

गुल्मी जेष्ठ ३२ – गुल्मीका कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको उपचारमा खटिएका डा। कविराज भुसालले बताए । स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन् । तर कोसिस गर्दागर्दै पनि उनलाई बचाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सकेनन् । शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनको जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । तर उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो । उनको ३ पटकसम्म गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो ।