नेपालमा थप २७३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो ।

४ बर्ष अघि

२0७७ जेष्ठ ३१ शनिबार

नेपालमा थप २७३ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो ।

काठमाडौ जेष्ठ ३१ । नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार देशभरका विभिन्न प्रयोशालाहरुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।