नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो ।

४ बर्ष अघि

२0७७ जेष्ठ ३0 शुक्रबार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो ।

काठमाडौं जेष्ठ ३० । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।