हिरुवा कुवरको जिबन तपाईको हातमा, एक पटक अवस्य पढाैँ

६ बर्ष अघि

२0७५ असार २२ शुक्रबार

 हिरुवा कुवरको जिबन तपाईको हातमा, एक पटक अवस्य पढाैँ

दृष्टीकोण समाचार, अषाढ २१ दार्चुला । जिवनको ७७ औँ बसन्त पार गर्न लागेका हिरुवा कुवरको जस्तो जिवन कसैको नहोस्, सर्वप्रथम भगवानलाई प्रार्थना गर्दछौँ । दार्चुला जिल्ला दुहूँ गाउँपालिका वडा नम्बर ४ का हिरुवासिह कुवर बाँचेर पनि मरिरहेका छन् । सुन्दा मुटु फुट्ने किसिमको जिवन कहानी भौग्दै छन् उनले । जिवनको लामो समय विभिन्न हण्डर खाएपनि उनले मर्नेबेलामा समेत सुक पाउन सकेका छैनन् । उनी आफ्ना दुई नाती अबोध बालकहरु सहित हातमा लट्ठीको साहारामा बाँचेका छन् ।


हिरुवा कुवरको जिवन संगिनीको पहिले नै स्वार्गारोहण भइ सकेको छ । मर्ने बेलामा छोरा छोरीले सुख दिन्छन् भन्ने कुरा उनको जिवनमा कथा जस्तै बनेको छ । दुई तीन बर्ष पहिले जेठो छोरा चन्द्रसिह कुवरको भारतमा काम गर्न गएको बेला उतै मृत्यु भयो । मृत छोरा बाट दुईवटा नाती पनि छन् । जेठो चार बर्षको बिशाल कुंवर र कान्छो ३ बर्षको गौरसिह कुंवर । छोराको मृत्यु पछि हिरुवाका दुखका दिन सुरु भए । छोराको मृत्यु पछि बुहारी दुईवटा छोरा छाडेर अन्तै हिडेपछि त अहिले हिरुवा कुवर रुन बाहेक केही गर्न सक्दैनन् । बुढेसकालको बेला त्यसै त अरुको भर पर्नु पर्ने बेलामा हिरुवा कुवरले अबोध बालक दुई नातीहरुको पालन पोषण गर्नु परेको छ । काँन्छो छोरा घरको सम्पत्ती बेचेर कता गयो थाहा छैन् । चारै तीरबाट बेसाहारा बनेका हिरुवा कुवरको भान्सा पाक्ने अत्तो पत्तो हुदैन् । माग्नु पनि कत्ती । आफै कालको मुखमा पुगेका बृद्धले झन अबोध बालकहरुको पालन पोषण गर्नु पर्दाको दुःख सम्झी नसक्नु छ । हिरुवा कुवरले तै पनि आफ्नो दायित्व निभाएका छन् । बृद्ध भत्ता पाउने परिचय पत्र धितोमा राखेर पशलबाट चामल किनेर ल्याउँछन् तर पकाएर खान सक्ने स्थिति पनि छैन् । 

हिरुवाको कथा सुन्दा मन थामि नसक्नु भएको बेला संयोगबस जिल्लाका प्रमुख व्यक्तिहरुको टोली एक कार्यक्रमका लागि दुहूँ गाउँपालिकाको धारीमा पुगेको मौका छोपी आफ्नो जिवनको अन्तिम भारी बिसाई दिन उनले सबैलाई अन्तिम बिन्ती गरे । दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बेसाहारा बनेका बालबालिकाहरुको लागि केन्द्रीय बाल कल्याण समितिलाई आग्रह गर्ने आस्वासन त दिए तर पूरा हुने हो वा होइन यो कुरा यसै भन्न सकिन्न । दुुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले उनलाई गाउँपालिकाबाट केही सहयोग गरिहेको भएपनि बालबालिकाहरुको उज्वल भविष्यका लागि जिल्लातहबाट केही पहल हुनु पर्ने बताएका छन् ।


तपाईले यो समाचार पढी सकेपछि हिरुवा कुवरको जिवन कथालाई बदल्न तपाईसँग भएका उपाय र सहयोग हिरुवा कुवरसम्म पुग्ने हो भने उनको जिवनहशैली सहज हुनेमा हामी पुर्ण विस्वस्त छौ ।