स्थानीय सरकार मिलेर पीसिआर मेसिन किन्ने ।

४ बर्ष अघि

२0७७ जेष्ठ २९ बिहीबार

स्थानीय सरकार मिलेर पीसिआर मेसिन किन्ने ।

रमेश खत्री जेष्ठ २९ दार्चुला ।  दार्चुलाका स्थानीय तहहरु मिलेर कोभिड —१९ भाइरस परीक्षण गर्ने पिसिआर मेसिन खरिद गरिने भएको छ । दार्चुला जिल्लामा भारतबाट आएका नागरिकहरुमा दिन प्रतिदिन आरडिटी रिर्पोट पोजेटिभ आउन थालेपछि पिसिआर मेसीन गरिद गर्ने विषयमा स्थानीय तहहरुसँग विहिबार छलफल गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पिसिआर मेसीन खरिद गर्न प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा भएको जिल्ला संकट व्यावस्थापन समिति दार्चुलाको बैठकले जिल्ला समन्वय समिति प्रमुख करविर कार्कीको सयोजकत्वमा ६ सदस्यीय खरिद समिति गठन गरिएको छ । कोरोना भाइरस कोभिड —१९ को संक्रमण रोकथाम तथा नियन्त्रणलाई मध्यनगर गर्दै दार्चुला जिल्लाको लागि पिसिआर मेसिन खरिद गर्ने रकम र जनशक्ति तथा भैतिक संरचना लगायतको समग्र व्यवस्थापन गर्न जिल्लाका नौ वटै स्थानीय सरकारसँग बसेर छलफल गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।