काेराेना जितेर गए दार्चुलाका पहिला संक्रमित घर ।

४ बर्ष अघि

२0७७ जेष्ठ २७ मंगलवार

काेराेना जितेर गए दार्चुलाका पहिला संक्रमित घर ।

दृष्टिकोण समाचार जेष्ठ २७ दार्चुला ।दार्चुलाका पहिलो कोरोनाको लक्षण देखिएका महाकाली नगरपालिका ६ का २१ वर्षीय युवक कोरोना जितेर घर फर्किएका छन् । भारतबाट मजदुरी गरि फर्किएका ती युवकमा कोरोना लक्षण देखिएपछि जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा भर्ना गरिएको थियो । महाकाली नगरपालिकाको महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टाइनमा रहेको बेला ती युवकमा कोरोना देखिएको हो । जेठ १५ गते थ्रोट स्याँब परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएपछि जिल्ला अस्पतालको आइसोलेसन व्याडमा भर्ना गरिएका युवाको जेठ १७ र जेठ २३ गते गरिएको दोस्रो र तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मंगलबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना जितेर जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनबाट ती युवकको विदाई गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले जानकारी दिनुभयो ।