भरतपुर अस्पतालको आइसीयुमा एक जना कोरोना संक्रमितको मृत्यु ।

४ बर्ष अघि

२0७७ जेष्ठ २७ मंगलवार

भरतपुर अस्पतालको आइसीयुमा एक जना कोरोना संक्रमितको मृत्यु ।

चितवन जेष्ठ २७ । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी नै रहेकोले प्याकिङको काम भएको छैन । भरतपुर महानगरपालिका वडा नं। ११ का ६८ वर्षीय ती वृद्धलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा मुट र निमोनियाको समस्यासमेत थियो ।