महाकाली नगरपालिका प्रमुखले गरे क्वारेन्टाइनको अनुगमन । 

४ बर्ष अघि

२0७७ जेष्ठ २५ आईतवार

महाकाली नगरपालिका प्रमुखले गरे क्वारेन्टाइनको अनुगमन । 

दृष्टिकोण समाचार जेष्ठ २५ दार्चुला । जिल्लाको महाकाली नगरपालिकाका नगर प्रमुख हंषराज भट्टले नगरपालिका क्षेत्रमा रहेका क्वारेन्टाइनको अनुगमन गरेको छ । आइतबार महाकाली नगरपालिकाका नगरप्रमुख भट्टले नगरपालिका भित्र रहेका ५ क्वारेन्टानको अनुगमन गरेको हो । महाकाली नगरपालिका ४ स्थित दार्चुला बहुमुखि क्याम्पस ,महेन्द्र नमुना मावि, छन्ना तिंकरी कन्या मावि,एसियन एकेडेमि र वडा नम्बर ७ धापमा रहेको मालिकार्जुन माविमा रहेका क्वारेन्टाइनहरुको अनुगमन गरेका हुन । अहिले सम्म महाकाली नगरपालिकाले निर्माण गरेका क्वारेन्टाईनहरुमा जम्मा १ सय ४७ जना रहेका छन । जस्मा दार्चुला बहुमुखि क्याम्पसमा २२ महेन्द्र नमुना मावि २७ जना, छन्ना तिंकरी कन्या माविमा २७ जना, एसिएन ऐकेडेमिमा १९ जना र मालिकार्जुन मावि धापामा ५२ जना क्वारेन्टाइनमा बसिरहेका छन । क्वारेन्टाइनमा बसेकाहरुको अवस्था के कस्तो रहेको छ भनि आईतबार नगर प्रमुख भट्टले अनुगमन गरेको बताए । अहिले सम्म जेन तेन ठिकै अवस्थामा व्यवस्थापन गरिएको र समयावधि पुगेकाहरुलाई स्वास्थ्य परिक्षण गरि घर पठाउने व्यवस्थापन गरिएको नगर प्रमुख भट्टले बताउनु भयो । लकडाउनका कारण आफुहरुको रोजगारी गुमेकाले घर चलाउन निकै समस्या हुने भएकाले स्थानीयहरुले नगर प्रमुख संग रोगगारीमुलक कार्यक्रम संचालन गर्न अनुरोध समेत गरेका छन ।आज अनुगामनका क्रममा नगर प्रमुख भट्टले सबैको पिसिआर जाँचको माग गरि छिटै स्वास्थ्य परिक्षण गरि होम क्वारेन्टाईन बस्ने गरि घर पठाउने पनि बताउनु भयो ।