बाजुरामा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु ।

४ बर्ष अघि

२0७७ जेष्ठ २४ शनिबार

बाजुरामा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु ।

बाजुरा जेष्ठ २४ । बाजुराको एक क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको हो । १५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।