दार्चुलामा १ सय ३ जनाको पीसिआर रिपोट परिक्षण मध्ये ८९ जनाको रिपोट नेगेटिभ ।

४ बर्ष अघि

२0७७ जेष्ठ २३ शुक्रबार

दार्चुलामा १ सय ३ जनाको पीसिआर रिपोट परिक्षण मध्ये ८९ जनाको रिपोट नेगेटिभ ।

दृष्टिकोण समाचार जेष्ठ २३ दार्चुला । दार्चुला जिल्लाका ६ वटा स्थानीय तहमा गरिएको १ सय ३ जनाको पीसिआर रिपोट परिक्षणमध्ये बिहिबारसम्म ८९ जनाको रिपोट नेगेटिभ आएको छ । १ जनाको रिपोट मात्रै पोजेटिभ आएको छ भने ८९ जनाको रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । जेठ ८ गते ६ वटा स्थानीय तहमा भारतबाट आएका व्यक्तिहरुको पीसीआर टेष्ट गरिएको थियो । जिल्लाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन, गाउँपालिका, लेकम गाउँपालिका ,नौगाड गाउँपालिका तथा व्यासँ गाउँपालिकामा गरिएको पीसिआर परीक्षणमा विहिबार सम्म ८९ जना पुरुषको पिसिआर रिपोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । विहिबार  सम्म लेकम गाउँपालिकाका २३ जना महाकाली नगरपालिकामा ४५ जना व्याँस गाउँपालिकाका ९ जना तथा  नौगाड गाउँपालिकाका १३ जनाको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताउनु भयो । यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिका ८ र शैल्यशिखर नगरपालिका ४ जना तथा नौगाड गाउँपालिकाका १ जनागरी १३ जनाको रिपोट आउन बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जेठ १५ गते  विहिबार जिल्लाको महाकाली नगरपालिकाका २१ वर्षिया पुरुषको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ ।