दार्चुलाका कोरोना संक्रमित पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ । 

४ बर्ष अघि

२0७७ जेष्ठ २३ शुक्रबार

दार्चुलाका कोरोना संक्रमित पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ । 

दृष्टिकोण समाचार जेष्ठ २३ दार्चुला । महाकाली नगरपालिकाका कोरोना संक्रमित २१ वर्षीय पुरुषको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जेठ ८ गते संकलन गरिएको थ्रोट स्वावको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएका ति पुरुषको त्यसपछि १७ गते संकलन गरिएको थ्रोट स्वाबको  पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । कोरोना संक्रमण पुष्टी भएपछि ति पुरुषलाइ जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । कोरोना संक्रमण देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । भारतको दिल्लीबाट जेठ ८ गते दार्चुला सदरमुकाम खलंगा पुलघाट नाका हुँदै भित्रिएका उहाँको दोस्रो चरणको रिपोर्ट नेगेटिभ आए पनि फेरी एकपटक पिसिआर परीक्षणका लागि नमुना संकलन गरिने अस्पतालले जनाएको छ । लगातार दुइ पटकको रिपोर्ट नेगेटिभ आएपछिमात्रै अस्पतालबाट डिस्चार्ज गरिने जिल्ला अस्पताल दार्चुलाका डा। गजेन्द्र दुवालले बताउनुभयो । जेठ ८ गते ती पुरुषसंगै खलंगा नाकाबाट ३ सय १९ जना नेपाली दार्चुला भित्रिएका थिए । उनिहरुमध्ये अधिकासंको रिपोर्ट नेगेटिभ आएको छ भने केहिको रिपोर्ट आउने क्रममा रहेको छ ।